Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

नेकपा एमालेको सचिवालय बैठक जारी (तस्बिरहरु)

नेकपा एमालेको सचिवालय बैठक जारी (तस्बिरहरु)


  • 484
    Shares

    • images
    नेकपा एमालेको सचिवालय बैठक जारी (तस्बिरहरु)

    काठमाडौं । नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि पार्टीले दोस्रो पटक बैठक बोलाएको हो । 

    बैठकमा ओलीको तत्काल रिहाइ, विरोध कार्यक्रमको थप रणनीति तथा कानूनी तथा राजनीतिक कदमबारे छलफल हुने बताइएको छ । बैठकले यसअघि नै अध्यक्ष ओलीको रिहाइको माग गर्दै देशभर प्रदर्शन, जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, जनता तथा नागरिक समाजसँग सहकार्य गर्ने लगायतका कार्यक्रम तय गरेको थियो ।

    आजको बैठकमा यी कार्यक्रमको समीक्षा र थप निर्णय हुन सक्ने बताइएको छ । बैठकमा सचिवालय सदस्यहरू उपस्थित छन् भने अध्यक्ष ओलीको कुर्सी खाली राखिएको छ ।  

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १२:३३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij