Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

जेनजी सहिद साउदको परिवारलाई रोजगारी

जेनजी सहिद साउदको परिवारलाई रोजगारी


  • 260
    Shares

    • images
    जेनजी सहिद साउदको परिवारलाई रोजगारी

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गरेका बैतडीस्थित शिवनाथ गाउँपालिका-२ का दीपकसिंह साउदको घरपरिवारका सदस्यले रोजगारी पाएका छन् ।

    सहिद दीपककी भाउजु सरस्वतीले नेपाल विद्युत् प्राधिकरणमा रोजगारी पाएकी हुन् । प्राधिकरणद्वारा हालै रोजगारी पाउने जेनजी सहिदका परिवारका सदस्यहरूको नामावली प्रकाशन गरेको थियो ।

    उक्त नामावलीमा सहिद साउदकी भाउजु सरस्वतीको नाम पनि उल्लेख गरिएको छ । प्राधिकरणले सरस्वती सहित २७ जना जेनजी सहिदका परिवारका सदस्यलाई रोजगारी दिने उल्लेख गरेको छ ।

    शिवनाथ-२ शर्माली घर भएका दीपकको गएको भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको थियो । कृषि सहायकको अध्ययन गरेर उनी रोजगारीका लागि दक्षिण कोरिया जाने तयारी गरिरहेका थिए ।

    जेनजी आन्दोलनमा दीपकसिंह सहिद भएपछि सरकारले यसअघि नै उनीको परिवारलाई १५ लाख राहत उपलब्ध गराइसकेको छ । यस्तै शिवनाथ गाउँपालिकाले पनि सहिद परिवारलाई गाउँपालिकाको तर्फबाट एक लाख राहत उपलब्ध गराइसकेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । गाउँपालिकाबाट सञ्चालन हुने उद्यमका कार्यक्रममा पनि सहिद परिवारलाई प्राथमिकतामा राखिएको जनाएको छ ।  

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १०:३७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij