Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

लेबननमा विस्फोट: शान्ति मिसनमा खटिएका २ जना शान्ति सैनिक मारिए

लेबननमा विस्फोट: शान्ति मिसनमा खटिएका २ जना शान्ति सैनिक मारिए


  • 190
    Shares

    • images
    लेबननमा विस्फोट: शान्ति मिसनमा खटिएका २ जना शान्ति सैनिक मारिए

    काठमाडौं । लेबननमा भएको विस्फोटमा परी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत खटिएका २ जना शान्ति सैनिक मारिएका छन्।

    सोमबार दक्षिणी लेबननमा शान्ति सैनिक सवार एउटा गाडीमा आक्रमण हुँदा २ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उक्त विस्फोट कसले गराएको भन्ने चाहिँ खुलाइएको छैन। विस्फोटमा परी २ जना घाइते भएका छन्। तीमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्का एक जनाको अवस्था मध्यम छ।

    मारिएका दुवै शान्ति सैनिक इन्डोनेशियाबाट खटिएका शान्ति सैनिक हुन्। उनीहरू युनिफिलका दुई आधारबीच यात्रा गरिरहेका बेला दक्षिणी सहर बानी हाइयान नजिक विस्फोट भएको थियो।

    त्यसअघि आइतबार भएको आक्रमणमा पनि एक जना शान्ति सैनिकको मृत्यु भएको थियो। ती शान्ति सैनिक पनि इन्डोनेसियाकै रहेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

    आइबार अद्चित अल(कुसैर नजिक युनिफिलको एक चौकी आसपास प्रोजेक्टाइल विस्फोट हुँदा ती शान्ति सैनिकको मृत्यु भएको थियो। घटनामा एक जना गम्भीर घाइते भएका छन्।

    यसरी चौबीस घन्टाको अवधीमा लेबननमा संयुक्त राष्ट्रसंघले खटाएका तीन शान्ति सैनिकको मृत्यु भएको छ। युनिफिलकी प्रवक्ता क्यान्डिस आर्डियलले दुवै घटना फरक रहेको र छुट्टाछुट्टै अनुसन्धान गरिरहेको जानकारी दिएकी छन्।

    इन्डोनेसियाको विदेश मन्त्रालयले पनि विस्फोटमा परी आफ्नो देशबाट शान्ति मिसनमा खटिएका सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। उसले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै लेबननमा भइरहेको इसराइली हमलाको निन्दा गरेको छ।

    उसले सबै पक्षहरूलाई लेबननको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न, नागरिक जनसंख्या र पूर्वाधार विरुद्धको आक्रमण बन्द गरी शान्तिलाई अगाडि बढाउन संवाद र कूटनीतिमा फर्कन आह्वान गरेको छ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति सैनिकमाथि हुने आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन भन्दै निन्दा गरेका छन्। लेबननमा सन् १९८७ मा स्थापना गरिएको युनिफिलमा करिब १० हजार शान्ति सैनिक तैनाथ छन्।

    पछिल्लो घटनामा कसको संलग्नता रहेको हो भन्नेबारे तत्काल स्पष्ट नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ। इसराइल, हिजबुल्लाह वा युनिफिल कसैले पनि तत्काल टिप्पणी गरेका छैनन्। दक्षिणी लेबनानमा इसराइल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वकै बीच यी घटनाहरू भएका हुन्।

    फेब्रुअरी २८ मा अमेरिका र इसराइलको संयुक्त हमलाबाट इरानी सर्वोच्च नेता आयातोल्लाह खामेनी मारिएका थिए। त्यसपछि लेबननबाट हिजबुल्लाहले इसराइलमा आक्रमण थालेको थियो। जबाफमा इसराइलले लेबननमा हमला व्यापक बनाएको छ। 

    लेबननका अधिकारीहरूका अनुसार इसराइली आक्रमणमा हालसम्म १,२०० भन्दा बढी मानिस मारिएका छन् भने १० लाखभन्दा बढी विस्थापित भएका छन्। रोयटर्सका अनुसार हालैका आक्रमणमा स्वास्थ्यकर्मी र पत्रकारसमेत मारिएका छन्। युनिफिलले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - ०८:०३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij