२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई म्याद थपका लागि अदालत लगिएको छ ।
बालिकामाथि श्रम शोषणको आरोपमा पक्राउ परेकी शर्मालाई म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको हो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गए राति धुम्बाराहीबाट पक्राउ गरेको थियो । काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।
शर्माविरुद्ध यसअघि २०८१ माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij