Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

राससका अध्यक्ष झाले दिए पदबाट राजीनामा

राससका अध्यक्ष झाले दिए पदबाट राजीनामा


  • 337
    Shares

    • images
    राससका अध्यक्ष झाले दिए पदबाट राजीनामा

    काठमाडौं । राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिएका छन् । उनले आजका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

    ‘हालको देशको परिवर्तित राजनीतिक परिवेशलाई मैले आत्मसात् गरेको छु । नवगठित सरकारले आफ्नो अनुकूलताका आधारमा कार्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्छु  र सरकारको सफलताको कामना गर्दछु,’ झाले राजीनामामा लेखेका छन्, ‘यस पृष्ठभूमिमा नैतिकताका दृष्टिले मार्ग प्रशस्त गर्नु उचित हुने ठानी आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गर्दछु ।’

    झालाई २०७९ असार ७ गते मन्त्रिपरिषद्ले राससको अध्यक्षमा नियुक्त गरेको थियो ।   

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १४:४३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij