Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

जातीय विभेद गरेको आरोपमा महिला पक्राउ

जातीय विभेद गरेको आरोपमा महिला पक्राउ


  • 617
    Shares

    • images
    जातीय विभेद गरेको आरोपमा महिला पक्राउ

    काठमाडौं । जुम्लामा जातीय विभेद गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन् ।

    जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीका अनुसार पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-३ की कविता बुढा रहेकी छन् ।

    उनीमाथि जुम्लाकै राजबहादुर सुनारमाथि जातीय विभेद गरेको आरोप छ ।

    आइतबार जुम्ला सदरमुकाम कालेखोलीस्थित एउटा होटलमा राजबहादुर सुनारमाथि उनले अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

    घटनाको भिडियो बाहिरिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए ।

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १४:३९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij