Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

ओलीलाई हिरासतमा लिएको विरोधमा माइतीघरबाट प्रदर्शन सुरु

ओलीलाई हिरासतमा लिएको विरोधमा माइतीघरबाट प्रदर्शन सुरु


  • 869
    Shares

    • images
    ओलीलाई हिरासतमा लिएको विरोधमा माइतीघरबाट प्रदर्शन सुरु

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइ गर्न माग गर्दै आज पनि एमालेले प्रदर्शन गरिरहेको छ । ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो । 

    एमालेका नेता कार्यकर्ताहरू काठमाडौंको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ प्रदर्शन गरिरहेका छन् ।

    यसअघि एमालेका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गरेका थिए । ओलीलाई भदौ २३ गतेको जेनजी आन्दोलन माथि हिंसात्मक दमन गरेको आरोपमा शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।

    उनले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । एमालेले अध्यक्ष ओली पक्राउ परेको दिन शनिबारदेखि नै नियमित रुपमा प्रदर्शन गर्दै आएको छ ।

     

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १४:१२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij