Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ सकियो

रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ सकियो


  • 309
    Shares

    • images
    रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइ सकियो

    काठमाडौं । कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि जारी सुनुवाइ सोमबार सकिएको छ ।

    सो निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश  कुमार रेग्मीको इजलासमा पेसी तोकिएको थियो । गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। 

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका लेखकका तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन् ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरू विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । 

    जाँचबुझ आयोगको प्रतिवेदनकै आधारमा वर्तमान सरकारले  तत्कालीन गृहमन्त्रीलाई शनिबार पक्राउ गरेको थियो ।

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १२:५४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij