Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ


  • 232
    Shares

    • images
    रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्धय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर भएको रिटमा सुनुवाइ हुन लागेको हो । लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै उनले रिट दायर गरेका थिए ।

    यसअघि यो मुद्दामा सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ । अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुको कारण माग गरेको र उक्त निर्णय प्राप्त भएपछि दोहोरो सुनुवाइ हुन लागेको हो ।

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १२:०३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij