Logo

२०८२ चैत्र १६ गते सोमवार

२०८२ चैत्र १६ गते सोमवार

आज घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आज घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?


  • 666
    Shares

    • images
    आज घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले ओरालो घटेको हो ।

    महासंघका अनुसार आज बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

    १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ५५ रुपैयाँ कायम गरिएको छ भने हिजो १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

    साथै, आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो चाँदी प्रतितोला ४ हजार ७ सय २० रुपैयाँमा किनबेच भएको थियो । आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो १० ग्राम चाँदीको मूल्य ४ हजार ४७ रुपैयाँ रहेको थियो ।  

     

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - ११:०१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij