Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

गुडिरहेको बसमा अचानक आगलागी

गुडिरहेको बसमा अचानक आगलागी


  • 988
    Shares

    • images
    गुडिरहेको बसमा अचानक आगलागी

    मोरङको सुन्दरहरैचामा गुडिरहेको बसमा आगो लागेको छ। सुन्दरहरैचा नगरपालिका–१२ स्थित नगरपालिका कार्यालय अगाडि पूर्व–पश्चिम राजमार्गमा आइतबार अपराह्न एउटा गुडिरहेको बसमा अचानक आगलागी भएको हो।

    काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्र१–०२–००२ख ०५५१ नम्बरको यात्रुवाहक बसमा साँझ करिब ५ बजेको समयमा गुडिरहेकै अवस्थामा आगो सल्किएको प्रहरीले जनाएको छ।
    ​आगलागीबाट बसको अगाडिको भागमा क्षति पुगेको छ। घटनाको समयमा बसमा २६ जना यात्रीहरू सवार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, समयमै सावधानी अपनाइएका कारण सबै यात्रीहरू सुरक्षित रहेका छन्। आगलागीबाट कसैलाई पनि चोटपटक नलागेको प्रहरीले जनाएको छ।

    ​बस चालक धनकुटा नगरपालिका–४ का ४५ वर्षीय राजु नेपाली पनि पूर्ण रूपमा सुरक्षित रहेका छन्। गुडिरहेको सवारीमा अचानक आगो देखिएपछि तत्कालै नियन्त्रणको प्रयास गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - २०:३३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij