२०८२ चैत्र १५ गते आइतवार
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग भएको घोषणा गरिएको छ।
आइतबार युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन भंग गरेको घोषणा गरेका हुन्। मन्त्रिपरिषद्ले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी सय कार्यसूची उल्लेख गरिएको व्यवस्थालाई स्वागत गर्दै भंग गरेको जनाएका छन्।
सूचनामा भनिएको छ, ‘निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन मिति २०८२ चैत १५ गतेबाट भंग गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’
चैत १३ गतेको मन्त्रिपरिषद्ले बैठकले पारित गरेको कार्यसूचीमा सरकारी निकायमा रहेका कर्मचारी युनियन भंग गर्ने उल्लेख छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij