२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । उदयपुरमा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७, डाँडाबारीका १९ वर्षीय अनिल विश्वकर्मा रहेका छन् ।
१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
अनिलले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij