२०८२ चैत्र १५ गते आइतवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त भएका छन् ।
कुमार र असिम बालेनका निकट सहयोगी हुन् । बालेन काठमाडौं महानगरपालिकाको मेयर छँदै सहयोग गर्दै आएका छन् ।
बालेन र रवि लामिछानेबीचको सहकार्य कुमार बेनको ललितपुरस्थित घर र असिम शाहको काठमाडौंको गैह्रीधारास्थित कार्यालयमा भएका छलफलबाट भएको थियो ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बेन र शाहलाई सल्लाहकारमा नियुक्त गरेको जनाइएको छ । त्यस्तै, प्रधानमन्त्री बालेनले मुख्य स्वकीय सचिवमा सुवास शर्मा, प्रशासन प्रमुखको जिम्मेवारीमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्रलाई दिएको चर्चा रहेको छ । स्रोतका अनुसार अर्जुन घिमिरे, भूपदेव शाह, सुरेन्द्र बजगाईंलगायतलाई दिने जिम्मेवारीबारे आज निर्णय हुँदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij