Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त

एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त


  • 771
    Shares

    • images
    एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त

    काठमाडौं । नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका एकजना फरार प्रतिवादी रहेको पुष्टि भएको छ । 

    शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् । उनी दुईवटा मुद्दामा फरार रहेको भेटिएको छ । 

    उनलाई थुनामा राखेर अनुसन्धान गरिने एसपी भट्टराईले बताएका छन् । धमलाले बबरमहल स्थित एउटा निजी स्कोर्पियोमा तोडफोड गर्ने प्रयास गरेका थिए ।

    प्रदर्शन स्थलबाट पक्राउ परेका अन्य ६ जना  भने  रिहा भएका छन् । 

     

     

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - १०:१८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij