Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

सुरक्षा प्रमुखसहित गृहमन्त्रीको दुई घण्टा छलफल, के भयो कुराकानी ?

सुरक्षा प्रमुखसहित गृहमन्त्रीको दुई घण्टा छलफल, के भयो कुराकानी ?


  • 2.5K
    Shares

    • images
    सुरक्षा प्रमुखसहित गृहमन्त्रीको दुई घण्टा छलफल, के भयो कुराकानी ?

    काठमाडौं । गृहमन्त्री सुधन गुरूङले सुरक्षा प्रमुख र गृहका कर्मचारीहरूसँग दुई घण्टा छलफल गरेका छन्। शनिबार अपराह्न ५ बजेदेखि ७ बजेसम्म मन्त्रालयमा बैठक बसेको हो। 

    बैठकमा छलफल गर्न नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्याल पनि सहभागी थिए। त्यस्तै, गृह मन्त्रालयका कर्मचारीहरू समेत उक्त बैठकमा सामेल थिए। 

    गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले शान्ति सुरक्षाको विश्लेषण र सुरक्षा निकायबाट सुरक्षा संयन्त्रको अवस्थाबारे ब्रिफिङ भएको बताए। ‘शान्ति सुरक्षाको विषयमा विश्लेषण र सुरक्षा निकायबाट सुरक्षा संयन्त्रको अवस्थाको बारेमा ब्रिफिङ भएको हो,’ उनले भने। 

    आउँदो नयाँ बजेटमा के–कस्ता विषयवस्तु समावेश गर्ने भन्नेबारे पनि छलफल भएको उनले बताए।

    शुक्रबार मन्त्रिपरिषद बैठक बसेलगत्तै मन्त्री गुरूङले सुरक्षा निकायहरूसँग छलफल गरेका थिए।  उक्त बैठकपछि शनिबार बिहान पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ।

    नेकपा एमालेले ओलीको रिहाइ माग गर्दै शनिबार अपराह्न काठमाडौंको माइतीघर बानेश्वर क्षेत्रमा प्रदर्शन समेत गरेको छ। यसा साथै देशका विभिन्न ठाउँमा प्रदर्शन भएको थियो। स्रोतका अनुसार यही विषयमा पनि छलफल भएको छ। 

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - २०:२५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij