Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ: महेश बस्नेत

प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ: महेश बस्नेत


  • 288
    Shares

    • images
    प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ: महेश बस्नेत

    काठमाडौं। न‍ेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा शनिबार काठमाडौँमा एमालेका प्रदर्शनकारी र प्रहरीबिच झडप भएपछि एमाले सचिव महेश बस्नेतले सरकारलाई कडा चेतावनी दिएका छन्।

    उनले बालेन सरकार र गृहमन्त्री सुधन गुरुङलाई तत्काल ओलीलाई रिहा गर्न माग गर्दै देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो रु भन्दै प्रश्न उठाएका छन् । 

    महेश बस्नेतले लेखेका छन् – 

    पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्त महँगो हुन्छ। अध्यक्ष केपी शर्मा ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र कथित गृहमन्त्री सुधन गुरुङ।

    तिमीहरूको गलत निर्णयले दुईतिहाइको सरकारले शपथ लिएको दिनदेखि नै दिनगन्ती सुरु भइसकेको छ।

    के देशलाई गृहयुद्धतर्फ धकेल्न खोजिएको हो? देशलाई पाकिस्तानी, बंगलादेश वा युक्रेन—कुन मोडेलतर्फ लैजाँदैछ?

    हिजो सिंहदरबार, सर्वोच्च अदालतलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गर्ने बालेन्द्र शाह र सुधन गुरुङद्वारा परिचालित अराजक समूहहरूलाई सरकारले दमन गर्‍यो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गर्दै छन्?

    तोडफोड भएका गाडीहरूको क्षतिपूर्तिबारे छलफल गरौँला। दुईतिहाइको दम्भ बन्द गर। घाइतेहरूको तुरुन्त उपचार गर। गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहा गर।

    यही अवस्था रहेमा भोलि १२ बजे पार्टीका देशभरका जिल्ला सदरमुकामहरूमा हुने आन्दोलन अझ सशक्त र प्रतिरोधात्मक बन्नेछ।

    साथै, आज गरिएको प्रहरी दमनविरुद्ध भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन निरन्तर रहनेछ। 

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - १६:४५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij