Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

बलात्कार आरोपमा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

बलात्कार आरोपमा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ


  • 701
    Shares

    • images
    बलात्कार आरोपमा  एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

    काठमाडौं । नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । उनी पूर्व संविधान सभा सदस्य हुन् ।

    मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

    उनीविरुद्ध पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिला केही समयअघि माइतीघरमा अनशन पनि बसेकी थिइन् ।

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - १५:४८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij