Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक जनाको मृत्यु

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक जनाको मृत्यु


  • 561
    Shares

    • images
    जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक जनाको मृत्यु

    जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एक विद्यार्थीको मृत्यु भएको छ ।

    गए राति करिब १ बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिए ।

    सुर्खेत बस्दै आएका उनी एसइइ परीक्षा दिनका लागि कुडारीस्थित आफ्नो घरमा आएका थिए ।

    घटनास्थल पुगेका वडाध्यक्ष धनबहादुर शाहीले घरमा आगलागी हुँदा सुतेकै अवस्थामा निसास्सिएर खत्रीको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन् । मृतकका बुबा भारतमा र आमा जिल्ला बाहिर रहेको बताइएको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - १२:३४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij