२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् ।
आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।
विगतमा सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने अभ्यास थियो।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा उनको सल्लाहकार समूहमा रहेका पोखरेल उनीसँगै रास्वपा प्रवेश गरेर फागनु २१ को चुनावमा उम्मेदवार बनेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij