२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज उनले पदबहाली गरेकी हुन् ।
मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरेका छन् । उनीहरूले मन्त्रालयका गतिविधिबारे ब्रिफिङ गरेका छन् ।
हाल कुल बजेटको तीन प्रतिशत बजेट यस क्षेत्रमा विनियोजन हुँदै आएकामा ८० प्रतिशतसम्म खर्च हुँदै आएको सचिवद्वयले जानकारी गराएका छन् ।
मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij