Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

हराइरहेको हेलिकप्टर दोलखामा अवतरण गरेको सूचना

हराइरहेको हेलिकप्टर दोलखामा अवतरण गरेको सूचना


  • 1.1K
    Shares

    • images
    हराइरहेको हेलिकप्टर दोलखामा अवतरण गरेको सूचना

    काठमाडौं । दुई घण्टादेखि हराइरहेको भनिएको मुस्ताङ हेलिकप्टर प्रालिको हेलिकप्टर दोलखाको लप्चीमा अवतरण गरेको सूचना प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार खराब मौसमका कारण हेलिकप्टर सो क्षेत्रमा अवतरण गरेको हो ।

    डीएसपी मनोजकुमार लामाले भने, ‘खराब मौसमका कारण हेलिकप्टर अवतरण भएको सूचना आएको छ । फोन नलाग्ने भएकाले हाम्रो टोली त्यहाँ पुग्दैछ ।’ लामाका अनुसार हेलिकप्टरमा हाइड्रोपावरका कर्मचारी सवार छन् । 

    त्रिभुवन विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमारले हेलिकप्टर हराएको पुष्टि गरे पनि थप विवरण प्राप्त नभएको बताएका छन् ।
     

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १५:२९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij