Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

गृहमन्त्री सुधनको पहिलो निर्णय- एकद्वार प्रणालीबाट काम गर्ने

गृहमन्त्री सुधनको पहिलो निर्णय- एकद्वार प्रणालीबाट काम गर्ने


  • 162
    Shares

    • images
    गृहमन्त्री सुधनको पहिलो निर्णय- एकद्वार प्रणालीबाट काम गर्ने

    काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् ।

    साथै, उनले आफ्नो कार्यकालको पहिलो निर्णयबारे पनि जानकारी गराएका छन् । उनले सबै कामहरू एकद्वार प्रणालीबाट अघि बढाउने निर्णय लिएका छन् ।

    सो क्रममा उनले भीआईपी लावालस्कर लगाएर जनतालाई दुस्ख दिने काम गर्न नहुने बताए । ‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले भने ।

    सर्भिस डेलिभरीका विषयमा गुनासा आउन नदिन उनले कर्मचारीहरूलाई आग्रह गरे ।

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १५:०८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij