Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

बालेनलाई बधाई दिँदै मोदीले भने- तपाईँसँग मिलेर काम गर्न उत्सुक छु

बालेनलाई बधाई दिँदै मोदीले भने- तपाईँसँग मिलेर काम गर्न उत्सुक छु


  • 155
    Shares

    • images
    बालेनलाई बधाई दिँदै मोदीले भने- तपाईँसँग मिलेर काम गर्न उत्सुक छु

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह९बालेन०लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । शुक्रबार दिउँसो फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् ।

    ‘नेपालका प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई,’ मोदीले लेखेका छन्, ‘तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब हो ।’

    मोदीले बालेनसँग मिलेर नेपाल–भारत सम्बन्ध अझै उचाइमा पुर्‍याउन उत्सुक रहेको पनि बताएका छन् । ‘भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु,’ मोदीले लेखेका छन् ।

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १४:४९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij