Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल

वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल


  • 267
    Shares

    • images
    वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल

    काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको वाचा पत्र पूरा हुनेगरी आफूहरुले काम गर्ने बताएका छन् । शुक्रवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । 

    युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी पाएका मन्त्री पोखरेलले पार्टीले सार्वजनिक गरेको वाचापत्रमा सय वटा प्रतिवद्धता रहेको स्मरण गराउँदै सरकारले सोही वाचा पूरा गर्नेगरी काममा केन्द्रित हुने योजना बनाएको समेत स्पष्ट पारेका छन् । 

    नवनियुक्ती मन्त्री पोखरेलले जनताले निर्वाचनमा दिएको मतले आफूहरुलाई जिम्मेवार बनाएको उल्लेख गर्दै सोहीअनुसार काम गर्ने पनि बताएका छन्। उनले शिक्षा क्षेत्रमा नतिजा, उपलब्धि र पूर्वाधार क्षेत्रको विकासमा जोड दिएर अघि बढने संकल्प समेत गरेका छन् । 

    मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकासमा पनि पूर्वाधार विकासमा जोड दिएर अघि बढ्ने बताएका छन् ।  

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १४:३७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij