२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। प्रधानमन्त्री शाहलाई ओलीले बधाई तथा शुभकामना दिएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु’।
प्रधानमन्त्री शाहले आज शपथ लिइसकेका छन् भने आजै पदभार ग्रहण गर्दैछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij