२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले १५ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् । मन्त्री बनेकाहरू सबैभन्दा बढी बागमती प्रदेशका रहेका छन् ।
बागमती प्रदेशबाट शिशिर खनाल परराष्ट्रमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री, सम्मित पोखरेल शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री, डा.विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री र सोविता गौतम कानुन न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन् ।
शिशिर खनाल काठमाडौं-६, विराजभक्त श्रेष्ठ, काठमाडौं-८, सम्मित पोखरेल काठमाडौं-५, डा.तिमिल्सिना नुवाकोट-१ र सोविता गौतम चितवन-३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
गण्डकी प्रदेशबाट ३ मन्त्री भएका छन् । स्वर्णिम वाग्ले (अर्थमन्त्री), सुदन गुरुङ (गृहमन्त्री) र गनेस पौडेल (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री) बनेका हुन् । वाग्ले तनहुँ-१, गुरुङ गोरखा-१ र पौडेल कास्की-१ बाट निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशबाट सुनिल लम्साल भौतिक पूर्वाधार र सहरी विकास मन्त्री बनेका छन् । उनी रुपन्देही-१ बाट निर्वाचित सांसद हुन् ।
कर्णाली प्रदेशबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन् । उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।
त्यसैगरी, कोशी प्रदेशबाट सुनसरीकी निशा मेहता स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री बनेकी छन् । मधेस प्रदेशबाट महोत्तरी-२ बाट प्रत्यक्ष जितेका दीपककुमार शाह श्रम रोजगार मन्त्री बनेका छन् ।
साथै, सुदूरपश्चिम प्रदेशबाट २ मन्त्री बनेका छन् । मन्त्री बन्ने दुवै कञ्चनपुरका र समानुपातिक प्रणालीतर्फका सांसद हुन् । गीता चौधरी कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्री बनेकी छन् भने प्रतिभा रावल भूमि व्यवस्था तथा सहकारी निवारण र वन तथा वातावरण मन्त्री बनेकी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij