Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

१९ दिन शिक्षा मन्त्रालय सम्हालेका खनाललाई परराष्ट्रको जिम्मेवारी

१९ दिन शिक्षा मन्त्रालय सम्हालेका खनाललाई परराष्ट्रको जिम्मेवारी


  • 204
    Shares

    • images
    १९ दिन शिक्षा मन्त्रालय सम्हालेका खनाललाई परराष्ट्रको जिम्मेवारी

    काठमाडौं । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर-६ बाट निर्वाचित शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारमा उनी परराष्ट्र मन्त्री नियुक्त भएका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रभावशाली नेता खनालको काँधमा मुलुकको बाह्य सम्बन्ध र कूटनीति सञ्चालनको जिम्मेवारी परेको हो ।

    खनाल दोस्रो पटक मन्त्री भएका हुन् । यसअघि २०७९ माघ ३ गते उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पहिलो पटक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका थिए ।

    नागरिकता मुद्दामा रास्वपाका सभापति तथा तत्कालीन उपप्रधानमन्त्री रवि लामिछानेको पद गुमेपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण माघ २२ गते रास्वपासमेत सरकारबाट बाहिरिएको थियो । 

    रास्वपाको केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको हो । 

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १३:१४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij