Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

बालेन र वाग्लेपछि तेस्रो वरीयतामा गृहमन्त्री सुदन गुरुङ

बालेन र वाग्लेपछि तेस्रो वरीयतामा गृहमन्त्री सुदन गुरुङ


  • 330
    Shares

    • images
    बालेन र  वाग्लेपछि तेस्रो वरीयतामा गृहमन्त्री सुदन गुरुङ

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को १५ सदस्यीय मन्त्रिपरिषद्‌मा सुदन गुरुङको उदय निकै रोचक देखिएको छ। पार्टीका दिग्गज र अनुभवी अनुहारहरूलाई पछि पार्दै गुरुङले सरकारको शक्तिशाली तेस्रो वरीयतासहित गृह मन्त्रालयको चाबी हात पारेका हुन्।

    वरीयतामा प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेपछिको महत्वपूर्ण स्थानमा सुदन अटाएका छन्। देशको आन्तरिक सुरक्षा, शान्ति सुव्यवस्था र ७७ वटै जिल्लाको प्रशासन संयन्त्र परिचालन गर्ने गृह मन्त्रालयको बागडोर पाउनुले गुरुङलाई बालेन क्याबिनेटको मुख्य खम्बा का रूपमा स्थापित गरेको छ।

    पार्टीभित्र रणनीतिक र सांगठनिक पकड राख्ने सुदनका लागि यो पद जति शक्तिशाली छ, त्यति नै चुनौतीपूर्ण पनि। प्रहरी प्रशासनको शुद्धीकरण र सुशासनको जनअपेक्षा पूरा गर्ने मुख्य जिम्मेवारी अब उनकै काँधमा आएको छ। वाग्लेको विज्ञता सँगै गुरुङको एक्सनले बालेन सरकारको सफलत, असफलता तय गर्ने चर्चा सुरु भएको छ।

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १३:१४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij