२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको छ। केहीबेरमा राष्ट्रपति निवास शील निवासमा नयाँ मन्त्रीहरूले शपथ लिँदै छन्।
जसमा दलित समुदायकी सीता वादीसहित ५ महिला मन्त्री बनेका छन्। चितवन ३ बाट निर्वाचित सोविता गौतमलाई कानूनमन्त्रीको जिम्मेवारी दिइएको छ। अन्य मन्त्री बनेका चार जना समानुपातिक तर्फबाट आएका छन्।
अब हेर्नुहोस् ५ महिला मन्त्री सूची
सोबिता गौतम- कानुन
प्रतिभा रावल - सामान्य प्रशासन मन्त्री
गीता चौधरी - कृषीमन्त्री
सीता वादी- महिलामन्त्री
निशा मेहता - स्वास्थ्य
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij