Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

सम्पत्ति विवरण सार्वजनिक नगरी सकियो कार्की सरकारको कार्यकाल

सम्पत्ति विवरण सार्वजनिक नगरी सकियो कार्की सरकारको कार्यकाल


  • 267
    Shares

    • images
    सम्पत्ति विवरण सार्वजनिक नगरी सकियो कार्की सरकारको कार्यकाल

    काठमाडौं । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की र उनी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा भएका छन्  । कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । 

    प्रधानमन्त्री कार्कीले रक्षा, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्रालय सम्हालेकी थिइन् ।  

    यस्तै कार्की सरकारमा अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री अनिलकुमार सिन्हा, कृषि तथा पशुपन्छी विकास, खानेपानीमन्त्री मदनप्रसाद परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सहरी विकासमन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ र परराष्ट्रमन्त्री बालानन्द शर्मा रहेका थिए । 

    सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था निजामती सेवा ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन तथा नियमहरूमा उल्लेख छ। तर, अन्तरिम सरकारकी प्रधानमन्त्री र उनी नेतृत्वको सरकारका मन्त्रीहरूले सो कानुन अनुसार सम्पत्ति विवरण सार्वजनिक गरेनन् । 

     

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - ११:१९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij