Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

बालेनको नेतृत्वमा बन्ने सरकारमा को–को हुँदै छन् मन्त्री ?

बालेनको नेतृत्वमा बन्ने सरकारमा को–को हुँदै छन् मन्त्री ?


  • 1.5K
    Shares

    • images
    बालेनको नेतृत्वमा बन्ने सरकारमा को–को हुँदै छन् मन्त्री ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथग्रहण गर्दै छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मध्याह्न १२ः३४ बजे उनले शपथग्रहण गर्नेछन् ।

    बालेनको नेतृत्वमा बन्ने सरकारमा को–को मन्त्री हुँदै छन् ? भन्ने अहिलेसम्म खुलेको छैन । बिहीबारको केन्द्रीय कमिटी बैठकमा सभापति रवि लामिछानेले विज्ञताको आधारमा मन्त्री चयन गर्ने बताएका थिए । र, सबै केन्द्रीय सदस्य र सांसदलाई विश्वास गर्न आग्रह गरेका थिए । अहिलेसम्म सांसदहरू नै को–को मन्त्री बन्दै छन् भन्नेमा अन्योलमा देखिएका छन् ।

    बालेनले सानो आकारको मन्त्रीमण्डल बनाउन खोजेका छन् । मन्त्रालयको संख्या पनि घटाएर मन्त्रीहरू बनाउने तयारी गरेका छन् । तर, अहिलेसम्म कतिवटा मन्त्रालय बनाउने सार्वजनिक भएको छैन । बालेन, सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालबीच मात्रै आज बिहान ७ बजेदेखि छलफल भइरहेको छ ।

    उनीहरूबीच मन्त्रालयको संख्या र मन्त्री बन्ने सांसदको नाममा छलफल भएको छ । उनीहरूबीच वाग्लेलाई अर्थमन्त्री बनाउने गरी छलफल भएको थियो । साथै, अर्याल, शिशिर खनाल, सुनिल लम्साल, सोविता गौतम, सस्मित पोखरेल, अमरेशकुमार सिंह, लेखजंग थापा, तोसीमा कार्की, विराजभक्त श्रेष्ठ, गणेश पराजुलीलगायतको नाम मन्त्रीका लागि चर्चामा छन् ।

    स्रोतका अनुसार अहिलेसम्म वाग्ले, खनाल, लम्साल र पोखरेलको नाम मन्त्रीका लागि तय भइसकेको छ । अन्यको नाममा भने प्रस्ट आएको छैन ।

    बिहीबार केन्द्रीय कमिटीमा सभापति लामिछानेले नेतृत्वलाई विश्वास गर्न आग्रह गरेका थिए । विज्ञताका आधारमा मन्त्री छान्ने भन्दै लामिछानेले थप केही बताएका थिएनन् ।

    रास्वपाले १५–१८ वटा मन्त्रालय बनाउने तयारी गरेको छ । त्यसरी बन्ने मन्त्रीहरूमा बालेन र रविबीच भागबण्डा भइरहेको छ । स्रोतका अनुसार बालेनले ४० प्रतिशत भाग पाउनेछन् । त्यसैले १८ जना मन्त्री हुँदा ८ जना बालेनले पाउने सम्भावना रहेको स्रोतको भनाइ छ ।

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - ०९:०४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij