Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

संसदीय दलको नेता चुनिएसँगै बालेन प्रधानमन्त्री बन्ने बाटो खुल्यो

संसदीय दलको नेता चुनिएसँगै बालेन प्रधानमन्त्री बन्ने बाटो खुल्यो


  • 806
    Shares

    • images
    संसदीय दलको नेता चुनिएसँगै बालेन प्रधानमन्त्री बन्ने बाटो खुल्यो

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)  संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाएको छ ।

    बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । बालेन दल नेता बनेसँगै प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ । 

    संविधानको उक्त धारामा भनिएको छ, 'राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ।' यही कानुनलाई आधार मान्दा, बालेन रास्वपाको संसदीय दलको नेता भइसकेको अवस्थामा उनले संसदका अन्य दलहरूको बहुमत समर्थन जुटाएर राष्ट्रपति समक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सक्छन्।

    यस्तो अवस्थामा संसदमा छुट्टै चुनाव गरिरहनु पर्दैन, केवल बहुमत सदस्यको समर्थनको हस्ताक्षर पर्याप्त हुन्छ।

    यससँगै शाहले भोलि नै प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १८:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij