२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । नक्कली सुन दिई रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान भन्ने धन बिर वाईबालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
सुनको बिस्कुट आकारको सुन जस्तो देखिने धातु देखाई रकमको एकदमै आवश्यक परेको भनि फकाई उक्त धातु दिई १४ लाख रुपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले टोखाका शिवमन्दिरस्थित एक होटलबाट पक्राउ गरेको हो।
प्रहरीले उनको साथबाट ५ सय ४७ ग्राम ६ सय ९० ग्राम तौलको बिष्कुट आकारको सुन जस्तो देखिने धातु, मोबाइल ३ थान, सुनको मुन्द्रा १ थान लगायतका सरसामान बरामद गरेको छ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij