Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्छः ज्येष्ठ सदस्य केसी

देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्छः ज्येष्ठ सदस्य केसी


  • 715
    Shares

    • images
    देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्छः ज्येष्ठ सदस्य केसी

    काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने बताए । 
    बिहीवार सिंहदरवारमा संसदहरुको शपथग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक संस्कृतिको प्रतिनिधित्व संसदले गर्ने भएकोले संसदलाई मर्यादित र अनुशासित बनाउनुपर्ने बताए ।

    संसदभित्र देखिने वैचारिक घर्षणलाई सन्तुलित गर्दै सभामुखले समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ । सभामुखको मुख्य दायित्व सांसदहरूको विशेषाधिकारको रक्षा गर्नु, संसदको गरिमा कायम राख्नु तथा त्यहाँ हुने वादविवाद, प्रतिवाद र संवादलाई निष्पक्ष रूपमा संयोजन गर्नु भएको उनले बताए । 

    उनले सभामुख संसदको प्रवक्ता तथा संसदीय अधिकारको प्रमुख रक्षक भएको उल्लेख गर्दै पारदर्शिता, अनुशासन र मर्यादा कायम राख्नुपर्नेमा विशेष जोड दिए। सभामुखले संविधान, प्रतिनिधिसभा नियमावली तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संसदीय मान्यताका आधारमा निर्णय लिनुपर्ने उनको भनाई छ । 

    ज्येष्ठ सदस्य केसीले सभामुख कुनै एक पक्षको नभई सम्पूर्ण प्रतिनिधि सभाको साझा पद भएको उल्लेख गर्दै सबै पक्षलाई समेटेर एकता कायम व्यक्ति सभामुख हुनुपर्नेमा जोड दिए । उनले आफूले बैठक सञ्चालन गर्न सभामुखको मर्यादालाई ख्याल राख्ने उल्लेख गरे।

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १७:१६:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij