Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

देश र जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौंः एमाले सांसद नेम्वाङ

देश र जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौंः एमाले सांसद नेम्वाङ


  • 610
    Shares

    • images
    देश र जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौंः एमाले सांसद नेम्वाङ

    काठमाडौं । नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन गर्ने बताएका छन । 

    बिहीवार पद तथा गोपनीयताको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जनता र मुलुकको हितमा हुने सबै प्रकारका निर्णयमा सरकारलाई सहयोग गर्ने तथा कमिकमजोरी भए चनात्मक सुझाव दिने बताएका छन् ।
     
    उनले भने, ‘देश र जनताको हितमा काम गर्नुपर्छ । अवश्य पनि मलाई विश्वास छ उहाँहरुले गर्नुहुन्छ । उहाँहरुले देश र जनताको हितमा काम गरेको बखत हामी साथ दिन्छौँ । कमिकमजोरी रहेछ भने हामीले रचनात्मक हिसावले सम्झाउने तथा सल्लाह दिने काम गर्छौँ ।’

    उनले जेनजी जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरिसकेपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।

     

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १६:१०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij