Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

शपथका लागि सांसदहरू सिंहदरबारमा

शपथका लागि सांसदहरू सिंहदरबारमा


  • 778
    Shares

    • images
    शपथका लागि सांसदहरू सिंहदरबारमा

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः ०० बजे हुँदैछ । 

    प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

    शपथका लागि सांसदहरू सिंहदरबारमा पुगेका छन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् ।

    उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबा पुगेका छन् ।

    संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सांसदहरूलाई यसअघि आग्रह गरिसकेको छ ।

     

     

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - १३:४०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij