२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एकै व्यक्तिमाथि एउटा पानामा पुरस्कार, अर्कोमा कारबाहीको प्रस्ताव गरेको भेटिएको छ ।
आन्दोलनका बेला प्रहरी प्रधान कार्यालयको कार्य विभाग (हाल प्रहरी एकेडेमी) मा रहेका एआईजी सिद्धिविक्रम शाहलाई कारबाही र पुरस्कार दुबै सिफारिस गरिएको भेटिएको हो । आयोगको प्रतिवेदनको पृष्ठ ६८९ मा एआईजी शाहलाई पुरस्कृत गर्नुपर्ने आयोगले औंल्याएको छ ।
‘२४ भदौमा टंगालको भाटभेटेनी र नक्लासको हिल्टन होटल जलाई प्रहरी प्रधान कार्यालय आक्रमण गर्न खोज्दा कार्य विभाग प्रमुख एआईजी शाहले आक्रमणकारीलाई मुल गेटभित्र प्रवेश गर्न नदिई नेतृत्वदायी भूमिका निर्वाह गरी प्रहरी प्रधान कार्यालय पूर्णरुपमा सुरक्षित राख्न सफल भएको हुँदा उनलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्नुपर्ने देखिन्छ’ प्रतिवेदनमा भनिएको छ ।
एआईजी शाहलाई आयोगले कारबाहीका लागि पनि सिफारिस गरेको छ । आयोगको पृष्ठ ७२५ मा कारबाही सिफारिस विवरणमा एआईजी शाहको नाम उल्लेख गरिएको छ । एआईजी शाहलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij