२०८२ चैत्र १२ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संघीय सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
अभिमुखीकरण कार्यक्रम चैत १४ गते गर्ने निर्णय पनि बैठकले गरेको छ । अभिमुखीकरणमा संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञाबारे सिकाइने बैठकपछि कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij