Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक नोक्सानी, १३ सयभन्दा बढी हतियार लुटिए

जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक नोक्सानी, १३ सयभन्दा बढी हतियार लुटिए


  • 715
    Shares

    • images
    जेनजी आन्दोलनमा ८४ अर्बको भौतिक नोक्सानी, १३ सयभन्दा बढी हतियार लुटिए

    काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा व्यापक भौतिक क्षति हुनुका साथै राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्ने गरी सुरक्षा निकायका हतियार लुटपाट भएको तथ्य सार्वजनिक भएको छ। 

    घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा ८४ अर्ब रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको हो । यस्तै सुरक्षा निकायका १३ सयभन्दा बढी हतियार लुटिएका छन्।

    आयोगको आफ्नै प्रारम्भिक संकलनअनुसार ४१ अर्ब ८९ लाख १८ हजार ७०९ बराबरको क्षति देखिएको छ। जसमा सबैभन्दा बढी नोक्सानी निजी क्षेत्रले व्यहोरेको छ। निजी क्षेत्रका ८२१ व्यक्ति तथा निकायको रु। २२ अर्ब २७ करोड ८१ लाख बराबरको क्षति भएको छ।

    त्यसैगरी, सरकारी र सार्वजनिक क्षेत्रका ५७१ निकायमा १४ अर्ब ७४ करोड ७२ लाख र सामुदायिक तथा अन्य क्षेत्रमा ३ अर्ब ९८ करोडभन्दा बढीको क्षति भएको छ।

    प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशले सबैभन्दा ठूलो भौतिक नोक्सानी व्यहोरेको छ। बागमतीमा ११ अर्ब २ करोड ९७ लाख बराबरको क्षति भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ७ अर्ब ८१ करोड ५० लाख बराबरको क्षति पुगेको छ। 

    आन्दोलनले भौतिक क्षति मात्र नभई राष्ट्रिय सुरक्षामा गम्भीर संकट निम्त्याएको प्रतिवेदनले औंल्याएको छ। भदौ २३ र २४ गतेका प्रदर्शनका क्रममा प्रदर्शनकारीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जम्मा १ हजार ३४२ थान हतियार र १ लाख १८ हजार ५२५ थान गोलीगट्ठा लुटेका थिए।

    लुटिएका हतियारमध्ये हालसम्म जम्मा ७४५ थान हतियार र २८ हजार ०६८ थान गोली मात्रै फिर्ता भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ। ठूलो संख्यामा हतियार बाहिरै रहँदा राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती खडा भएको आयोगको निष्कर्ष छ।  

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १७:५६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij