Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

११.३३ प्रतिशतसम्म सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सिफारिस, कहाँको कति ?

११.३३ प्रतिशतसम्म सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सिफारिस, कहाँको कति ?


  • 680
    Shares

    • images
    ११.३३ प्रतिशतसम्म सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सिफारिस, कहाँको कति ?

    काठमाडौँ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार भाडा बढाउन प्रस्ताव गरेको हो ।

    नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि विभागले नयाँ भाडादरको प्रस्ताव तयार पारेको हो ।

    विभागले २०६५ सालदेखि लागू गरिएको १३ वटा सूचकसहितको ‘वैज्ञानिक भाडा समायोजन विधि’ लाई आधार बनाएर यो सिफारिस गरेको जनाएको छ ।

    कति बढ्दैछ भाडा ?

    विभागको सिफारिस अनुसार विभिन्न क्षेत्रमा निम्न बमोजिम भाडा वृद्धिको प्रस्ताव गरिएको छ-

    सार्वजनिक यात्रुवाहक सवारी साधनः ११.३३ प्रतिशत

    पहाडी बाटोमा चल्ने मालवाहक सवारीः १४.२९ प्रतिशत

    तराईको बाटोमा चल्ने मालवाहक सवारीः ८.८१ प्रतिशत

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विभागले चैत ५ गते नै मन्त्रालयमा भाडा समायोजनको फाइल पठाइसकेको छ । वि.सं. २०७२ सालयता १३ वटा सूचकका आधारमा पूर्ण रूपमा भाडा समायोजन नभएको भन्दै व्यवसायीहरूले तत्काल यो सिफारिस कार्यान्वयन गर्न माग गरेका छन् ।

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १७:३७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij