Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

प्रधानमन्त्रीको शपथः शुक्रबार १२ः३४, स्वस्तिवाचन, शंखनाथ देखि मंगलवाचनसम्म

प्रधानमन्त्रीको शपथः शुक्रबार १२ः३४, स्वस्तिवाचन, शंखनाथ देखि मंगलवाचनसम्म


  • 260
    Shares

    • images
    प्रधानमन्त्रीको शपथः शुक्रबार १२ः३४, स्वस्तिवाचन, शंखनाथ देखि मंगलवाचनसम्म

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको शपथग्रहणको साइत चैत १३ गते शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

    सोही समयमा बालेनले प्रधानमन्त्रीको शपथ लिने तयारी छ । बालेन टिमले राष्ट्रपति कार्यालयलाई उक्त समय प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले आयोजना गरेको बालेननिकट स्रोतले बताएको छ । १२ः३४ मा शपथग्रहण गरेपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने भएका छन् ।

    कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ गरिनेछ । बालेननिकट स्रोतका अनुसार १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १६ जना भिक्षुबाट अष्टमंगल पाठ गर्ने कार्यक्रमसमेत तय गरिएको छ । शपथ ग्रहण समारोह विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिने जनाइएको छ ।

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १६:२८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij