Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु


  • 246
    Shares

    • images
    गुल्मीमा टिपरको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु

    काठमाडौं । गुल्मीमा टिप्परको ठक्करबाट एक जना वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ ।

    रेसुङ्गा नगरपालिका-१३ भंगेरीस्थित तम्घास-रिडी पक्की सडक खण्डमा तम्घासतर्फबाट चारपाला जाँदै गरेको लु १ क ४५४७ नम्बरको सुजता कन्स्ट्रक्सनको टिप्परले पैदल हिंडिरहेकी ९२ वर्षीया धनि बुढाथोकीलाई ठक्कर दिएको थियोे । दुर्घटनामा बुढाथोकीको बायाँ खुट्टा र हातमा गम्भीर चोट लागेको थियो ।

    उनलाई थप उपचारको लागि पाल्पा मिसन अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्युु भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

    चालक र टिप्पर प्रहरी नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १४:५८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij