Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

जेनजी आन्दोलन छानबिन प्रतिवेदन: नेपाल प्रहरी र सशस्त्रका ८ उच्च अधिकारीलाई कारबाही सिफारिस

जेनजी आन्दोलन छानबिन प्रतिवेदन: नेपाल प्रहरी र सशस्त्रका ८ उच्च अधिकारीलाई कारबाही सिफारिस


  • 785
    Shares

    • images
    जेनजी आन्दोलन छानबिन प्रतिवेदन: नेपाल प्रहरी र सशस्त्रका ८ उच्च अधिकारीलाई कारबाही सिफारिस

    काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ८ जना अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । 

    आयोगले सरकारलाई बुझाए पनि गोप्य नै राखिएको उक्त प्रतिवेदनमा नेपाल प्रहरीका ५ र सशस्त्र प्रहरीका ३ जना गरी ८ जना अधिकारीमाथि कारबाहीको सिफारिस गरेको पाइएको हो ।

    जनआस्थाले केही अंशसहित सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाह, प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना, प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेललाई कारबाही सिफारिस गरिएको हो ।

    सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, अर्का सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेशकुमार श्रेष्ठ, र सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीलाई आयोगले कारबाही सिफारिस गरेको हो । उनीहरूलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने अवस्था देखिन आएको आयोगले उल्लेख गरेको छ । 

     

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १४:१२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij