२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका १०७७ थान सवारी लाइसेन्स सार्वजनिक गरेको छ । बुधवार विभागले आफ्नो फेसबुक पेज ‘हेल्लो यातायात व्यवस्था विभाग’ मार्फत सवारी लाइसेन्सको विवरण सार्वजनिक गरेको हो ।
विभागले उक्त सवारी लाइसेन्स लिन आउँदा आवश्यक कागजात लिएर विभागमा उपस्थित हुन आग्रह गरेको छ ।
विभागले तुरुन्तै सवारी लाइसेन्स आवश्यक परेका चालकले अनलाइन तथा भौतिक रूपमा आवेदन दिएपछि अत्यावश्यक लाइसेन्स सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गर्दै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij