२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेबिच टेलिफोन वार्ता भएको छ ।
गोरले टेलिफोन वार्ताका क्रममा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासका अनुसार विशेष दूत गोरले चैत १० गते सभापति लामिछानेसँग संवाद गर्दै रास्वपाले चुनावी परिणाममार्फत हासिल गरेको जितप्रति शुभकामना व्यक्त गरेका हुन् ।
टेलिफोन वार्ताका क्रममा विशेष दूत गोरले नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा समेत चर्चा गरेको दूतावासले जनाएको छ।
नेपाल र अमेरिकाबीच दशकौँदेखि कायम रहेको मित्रतालाई अझ गहिरो र मजबुत बनाउन अमेरिका सकारात्मक रहेको सन्देश पनि विशेष दूतले दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij