२०८२ चैत्र ११ गते बुधवार
काठमाडौं । पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ।
जिल्ला अस्पताल जाजरकोटमा उनको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको हो।
शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं.१ बाट विजयी भएका थिए। पछिल्लो समय उनी राप्रपाको राजनीतिमा सक्रिय थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij