Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

शनिबार र आइतबार (२ दिन) सार्वजनिक बिदा दिन प्रस्ताव

शनिबार र आइतबार (२ दिन) सार्वजनिक बिदा दिन प्रस्ताव


  • 197
    Shares

    • images
    शनिबार र आइतबार (२ दिन) सार्वजनिक बिदा दिन प्रस्ताव

    काठमाडौं । सार्वजनिक प्रशासन रूपान्तरण अभियानले सरकारी कार्यालयमा शनिबार र आइतबार गरी २ दिन बिदा दिन प्रस्ताव गरेको छ ।

    सार्वजनिक प्रशारण रूपान्तरण अभियान २०८२ ले बालेन्द्र शाह (बालेन)को नेतृत्वमा बन्दै गरेको सरकारका लागि सुधारको खाका सार्वजनिक गर्दै हप्तामा २ दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको हो ।

    अभियानका संयोजक गणेश घिमिरेले मंगलबार सुधारको खाका सार्वजनिक गर्दै इन्धन संकट कम गर्न तथा पर्यटन प्रवर्द्धनका लागि पनि हप्तामा २ दिन बिदा दिन उपयुक्त हुने बताएका हुन् ।

    ‘हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिई अन्य सार्वजनिक बिदाहरू पुनरवलोकन गर्ने । कार्यालय समय बिहान ९ः०० बजेदेखि शुरू गर्ने’, सुधारको खाकामा उल्लेख छ ।

    कार्यालय समय बिहान ९ देखि ५ बजेसम्म गर्दा कर्मचारीले हप्तामा काम गर्ने समयमा तलमाथि नहुने घिमिरेले बताए ।

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - २०:४८:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij