Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा

रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा


  • 498
    Shares

    • images
    रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीका महासचिव मनोज भट्टले उक्त जिकिर गरे। 

    उनले रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्ने दाबी समेत गरे। सो पार्टीको परराष्ट्रनीति स्पष्ट नभएको समेत महासचिव भट्टको निष्कर्ष छ । उनले रास्वपा कुनैपनि राष्ट्रको हितमा प्रयोग नहोस भनेर आफ्नो पार्टीले खबरदारी गर्न लागेको समेत बताए। 

    महासचिव भट्टले भने,‘ तपाईहरु वास्तवमा अमेरिकाद्वारा सञ्चालित हुनुहुन्छ । र परराष्ट्र नीतिको सवालमा तपाईहरु क्लियर हुनुहुन्न । चीन विरोधी शक्तिको रुपमा अमेरिकाले तपाईहरुलाई प्रयोग गर्ने हो । त्यो गर्न दिनुहुन्न भनेका छौँ । यदि त्यस्तो भएन भने त के भयो र रु हामीनै गलत ठहरिउँला । देश बँच्दछ नि । देश बचेर हामी गलत ठहरिँदा त के बिग्रयो र  । तर हामीेले खबरदारी गरेनौ भनेत समस्या होला नि ।’

    महासचिव भट्टले रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने समेत बताए। काँग्रेस र एमालेको जनाधार अहिले पनि बलियो भएकाले सो पार्टीले उनीहरुलाई कमजोर बनाउन पनि दाहालसँग सहकार्य गरेर अघि बढने उनको भनाई थियो ।

     

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १६:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij