Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ: गगन थापा

नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ: गगन थापा


  • 533
    Shares

    • images
    नेताका घरमा भेटिएका पैसाको कानुनसम्मत अनुसन्धान हुनुपर्छ: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका पैसाबारे अनुसन्धान हुनुपर्ने बताएका छन् । 

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले भेटिएको पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका हुन् ।

    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका थिए।

    देउवा र कांग्रेसकी तत्कालीन केन्द्रीय सदस्य डा। आरजु राणा देउवामाथि आन्दोलनकारीले साङ्घातिक आक्रमण गरेका थिए । आगजनीका क्रममा त्यहाँ पैसा जलेका भिडिया सार्वजनिक भएको थियो। 

    कांग्रेसका अर्का नेता दीपक खड्काको बुढानीलकण्ठस्थित घरमा पनि आगजनी गरिएको थियो । र, त्यहाँ पनि पैसा जलेका भिडियो सार्वजनिक भएका थिए। 

     

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १४:२१:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij